७० केजी अवैध गाँजा सहित एक जना पक्राउ

काठमाडौं। शुक्रबार बिहान प्रहरीले चितवनको राप्ती नगरपालिका–१ परेवाकोटबाट करिब ७० केजी अवैध लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजा रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रजालाई बोरामा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us