पूर्व मन्त्रीको नेतृत्वमा सप्तरीमा सडक निर्माणको मागसहित पैदल यात्रा

सप्तरी । राजविराज–सखडा–गोविन्दपुर सडक अविलम्ब निर्माणको माग गर्दै पूर्व सिँचाइ मन्त्री उमेश यादवको नेतृत्वमा सोमबार पैदल यात्रा सम्पन्न गरिएको छ।

लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडक तत्काल निर्माण गर्न दबाब दिने उद्देश्यले सखडाबाट गोविन्दपुरसम्म पदयात्रा गरिएको हो। यात्राका क्रममा ‘राजविराज–सखडा सडक निर्माण गर’, ‘कहाँ छ सरकार? कहाँ छ ठेकेदार?’, ‘सुशासन कायम गर, कुशासन अन्त्य गर’ जस्ता नाराहरू घन्काइएका थिए।

यो सडक जिल्ला कै प्रमुख धार्मिक तथा पर्यटनस्थल छिन्नमस्ता मन्दिर जाने मुख्य मार्ग भएकाले दैनिक रूपमा सयौँ भक्तजन र स्थानीयवासीले आवतजावतका क्रममा ठूलो सास्ती व्यहोर्नु परेको छ।

पूर्व मन्त्री यादवका अनुसार, पटक–पटक पहल गर्दा पनि सडक निर्माणमा कुनै प्रगति नदेखिएको र सम्बन्धित निकायले चासो नदिएकाले बाध्य भएर पैदल यात्रा गरेर जनदबाब सिर्जना गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *