युवाको आत्मविश्वास नै राष्ट्रको शक्ति हो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

अनलाइनखबर डटकमद्वारा सोमबार आयोजित ‘चालीस मुनिका चालीस’ युवालाई सम्मान कार्यक्रममा उनले सबैको आत्मविश्वास, प्रतिभा र मेहनतलाई जोडेर नेपालले तीव्र गतिमा सम्पन्नता हासिल गर्न सक्ने विश्वास व्यक्त गरे।

“युवाले आफ्नो रुचि र प्रतिभालाई चिन्नुपर्छ, संघर्ष गर्नुपर्छ, हार मान्नु हुँदैन। दुनियाँका धेरै सफल सुरुआतहरू युवावस्थामै भएका छन्,” उनले भने, “सामाजिक जीवनका सबै क्षेत्रमा हामीलाई प्रतिभा चाहिन्छ, र योग्य युवाले अझ ठूला सफलता प्राप्त गर्न सक्छन्।”

उनका अनुसार, प्राकृतिक रूपमा उर्वर र ज्ञानभूमि नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण छैन। अब निराशाको बादल हटाएर उत्साह र आशासहित अघि बढ्ने समय आएको उनको भनाइ छ।

ओलीले युवालाई घमण्ड नगरी आचरण, मेहनत र सम्भावनालाई पहिचान गर्दै देश निर्माणमा योगदान दिन आह्वान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *