कम्युनिष्ट आन्दोलनको रक्षा गर्न एकीकृत समाजवादी गठन भएको होः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पूर्व पार्टी नेकपा एमाले सबै हिसाबले बिग्रिएपछि नयाँ पार्टी गठन गरेको जनाउनु भएको छ।

शुक्रबार पार्टी कार्यालयमा आयोजित पार्टी एकता कार्यक्रममा नेपालले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न एकीकृत समाजवादी बनाएको वहाँले दाबी गर्नु भएको छ। ‘पुरानो पार्टी सबै हिसाबले कुहिने अवस्थामा पुग्यो,’ वहाँको भनाइ छ, ‘दक्षिणपन्थी भासमा भासिने, व्यक्तिवादको अत्यन्तै दलदलमा फस्ने र सबै हिसाबले कम्युनिष्ट आदर्शलाई परित्याग गर्ने स्थितिमा पुगिसकेपछि हामीले कम्युनिष्ट सिद्धान्तको रक्षा गर्न, आन्दोलनलाई जोगाउन, क्रान्तिकारी भावनालाई जोगाउँदै आगाडि बढ्न हामीले एकीकृत समाजवादीको निर्माण गरेका हौं ।’

नेपालले नामले एकीकृत समाजवादी नयाँ पार्टी भए पनि इतिहासका हिसाबले २००६ सालदेखिकै विरासत बोक्ने समेत नेता नेपालले बताउनु
भयो । ‘नामको हिसाबले हामी नयाँ हौं तर इतिहासको हिसाबले २००६ सालको देखिको निरन्तरता पनि हो,’ वहाँको जिकिर छ, ‘पुष्पलाको पार्टी र उहाँको विरासत हामीले बोकेका छौं । कम्युनिष्ट आन्दोलनको झण्डा हामीले बोकेका छौं । पुरा योद्धाहरु हामीसँग हुनुहुन्छ । यसमा हामीमा गौरव बोध पनि छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us