काठमाडौं । वामपन्थी पार्टीहरूबीचको एकता र समसामयिक राजनीतिक विषयमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको निवास डल्लुमा आज बिहान महत्वपूर्ण भेटघाट र छलफल सम्पन्न भएको छ।
बिहान ८:३० बजेदेखि सुरु भएको छलफलमा नेकपा (एकीकृत समाजवादी) तर्फबाट सम्मानित नेता खनालसहित स्थायी कमिटी सदस्य साध्यबहादुर भण्डारी, केन्द्रीय सदस्य केदार सन्जेल र रामेश्वर श्रेष्ठ सहभागी थिए।

त्यसैगरी अन्य वाम पार्टीका तर्फबाट अखिल नेपाल कम्युनिस्ट पार्टीका नेता नारायण शर्मा र लक्ष्मण उप्रेती, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता रामबहादुर बुढा र सन्तबहादुर नेपाली लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
बैठकमा वामपन्थी शक्तिहरूबीच आपसी समझदारी, संयुक्त कदम, तथा हालको राजनीतिक परिस्थिति र सम्भावित सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको खनालको सचिवालयले जानकारी दिएको छ ।