प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौँ । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिलाई स्पष्ट गर्दै उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू र मुख्यसचिवले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र आगामी कार्यक्रमको योजनासँगै सम्झौतामा हस्ताक्षर भई आदान–प्रदान भएको हो।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका काम तोकिएको समयमा सम्पन्न गर्ने उद्देश्यसहितको यो अभ्यास प्रधानमन्त्री ओलीकै विगतको कार्यकालमा आरम्भ गरिएको हो।

सम्झौतापछि मन्त्रीहरूसँग सम्बन्धित सचिवहरूले पनि कार्यसम्पादन सम्झौता गर्ने प्रक्रिया अघि बढाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *