अमेरिका–रूस शिखर बैठक : वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

अलास्का । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्काको एंकोरेजमा २०२५ अगस्ट १५ मा सम्पन्न शिखर बैठकलाई ट्रम्पले ‘अत्यन्तै फलदायी’ भएको बताएका छन्। तर युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने हासिल हुन सकेको छैन।

झन्डै तीन घण्टा लामो वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुबै नेताले केही महत्त्वपूर्ण विषयमा सहमति भएको जनाए, तर युद्धविराम वा अन्तिम समाधानसम्बन्धी निर्णय सार्वजनिक भएन। राष्ट्रपति पुटिनले वार्ता आपसी सम्मान र रचनात्मक वातावरणमा सम्पन्न भएको बताएर युक्रेनको सुरक्षा सुनिश्चित गर्नुपर्ने र द्वन्द्वका ‘मूल कारणहरू’ समाधान नगरी स्थायी शान्ति सम्भव नहुने बताएका छन्।

दुवै नेताले संवाद र समझदारी जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रारम्भिक चरणको यो बैठक तत्कालिक उपलब्धिबिना टुङ्गिएको देखिएको छ। रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *