काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल रनेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)बिच समसामयिक राजनीतिक बिषयमा महत्वपूर्ण छलफल भइरहेको छ ।
आईतवार बिहान खनाल निवास डल्लुमा प्रकाण्ड र खनालबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीति , वाम एकता लगायतका बिषयमा विचार–विमर्श भएको खनालको नीजि सचिवालयले जनाएको छ ।
नेता खनालले समसामयिक चुनौतीको समाधानका लागि वामपन्थी शक्तिहरूबीच संवाद र सहकार्य अपरिहार्य रहेको धारणा राख्दै साझा समझदारीका आधारमा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
नेता खनालको निरन्तर सक्रियता र पहलले वामपन्थी एकता प्रक्रियालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ ।