मेरी प्रिय आमा !

सीता ओझा

मेरी प्रिय आमा
मलाइ जीवन दिने
सुख र दुख सिकाउने
जिवनको महत्त्व बुझाउने
तिमी मेरी प्राणप्रिय आमा ।
……..
तिम्री त म जेष्ठ सन्तान
म जन्मदा
धेरैले भने होलान
पहिले नै बन्साको बोट
ए छोरी पो
ल हेर गलगांड
अरूलाइ पोष्ने थाङ्ने रांड
तर
तिमीले कहिलै भनिनौं
तिनीहरूको जस्तो
तिमीले ठान्दै ठानिनौं
मान्दै मानिनौ ।
……..
आमा तिम्रो मातृत्व
उनिहरूले हेरिरहे
तिमीले मलाइ कुंदिरह्यौ
चमत्कारको सजिव मुर्ति
जसलाई
जिउनकालागि मात्र होइन
जीउन सिकाउने
अभियानमा होमिन सिकायौ
…….
आमा
तिमीलाई लाखौ सलाम
सरल र असल जीवन बनाएर
जिउने तरीका सिकाएकोमा
जीउनको लागि आफैभित्र
संघर्ष गर्न सिकाएकोमा
ताक परे
दुई चारसँग पौंठेजोरी
खेल्न सक्ने बनाएकोमा
आमा
त्यसैले त
तिमी मेरी आमा ।
…….
आमा
तिमी मेरो
जीवित भगवान
चारधाम ,
मरो मुटुको धडकन र
रक्त सञ्चार प्रणालीको
गतिको चाल हौ ।
म तिम्रो लोली र बोलीको
गुन्जनको संङ्गीत सुन्न चाहान्छु ।
त्यो सङगितभित्रको
प्राकृतिक रसको
रसोपादनको हक
मलाइ चाहिन्छ ।
किनकि ,
तिमी मेरो लागि
पवित्र गङ्गा
अनि मुत्ति धाम हौ ।
त्यसैले
तिम्रो सदा स्वास्थ्य लाभको
कामना गर्दछु ।
…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us