मण्डनदेउपुर नगरपालिका–६ बाट वडाध्यक्षमा डिल्लीप्रसाद आचार्यको उम्मेदवारी

काभ्रेपलाञ्चाेक । मण्डनदेउपुर नगरपालिका–६ बाट वडाध्यक्षमा डिल्लीप्रसाद आचार्यको उम्मेदवारी परेको छ। १२ गते मण्डन देउपुरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनले उम्मेदवार दिएका हुन्।

एकीकृत समाजवादी मण्डनदेउपुर नगरकमिटी पार्टीभित्रबाट सर्वसम्मत नेतृत्व चयनको प्रकृयाबाट  छनोट भएका आचार्यले  नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा उम्मेदवारी दिएका थिए।

नगरकमिटीको निर्णयबाट गठबन्धनको विषयमा छलफल हुँदा समाजवादीको पक्षमा निर्णय भएपछि आचार्य आधिकारिक रुपमा गठबन्धनको तर्फबाट उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us