काभ्रेपलाञ्चोक। नेकपा (एकीकृत समाजवादी) का तत्कालीन पोलिटब्यूरो सदस्य स्वर्गीय विदुर प्रसाद सापकोटाको योगदान र काभ्रेको कम्युनिस्ट राजनीतिक इतिहासलाई समेटेर ‘विदुर सापकोटा स्मृति ग्रन्थ’ प्रकाशन गरिने भएको छ।
जिल्ला पार्टी कमिटी काभ्रेका अनुसार पछिल्लो पुस्तालाई राजनीतिमा प्रेरित गर्ने र स्व. सापकोटाको स्मरणलाई दीर्घकालीन बनाउने उद्देश्यले स्मृति ग्रन्थ प्रकाशनको कार्य सुरु गरिएको हो। यसका लागि आज बनेपास्थित जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले संरक्षक, सल्लाहकार समिति, प्रकाशन मूल समिति तथा सम्पादन मण्डल गठन गरेको छ।
संरक्षकमा स्व. सापकोटाकी जीवनसंगिनी भारती भेटवाल सापकोटा र छोरी विभू सापकोटा रहने निर्णय भएको छ।
सल्लाहकार समितिमा कृष्ण प्रसाद सापकोटा, शिव बहादुर देउजा, टोक बहादुर वाइबा, लक्ष्मण लम्साल, मुकुन्द गौतम, तेज बहादुर खड्का र तुयुकाजी ताम्राकार रहनेछन्।
स्मृति ग्रन्थ मूल प्रकाशन समितिको संयोजकमा जिल्ला पार्टी अध्यक्ष बसुन्धरा हुमागाईं, सदस्य–सचिवमा बोधराज त्रिपाठी तथा सदस्यहरूमा सच्चिदानन्द केसी, हरिगोपाल प्रधानाङ, कृष्ण बहादुर लामा, भेषराज शाह, रामबहादुर तामाङ, प्रल्हाद दाहाल, जयराम केसी, सरोज कुइकेल र बलराम सापकोटा रहने छन्।
त्यस्तै, प्रकाशन उपसमितिमा बोधराज त्रिपाठी, सरोज कुइकेल, धुर्ब रायमाझी, दिनेशराज खरेल, राम प्रसाद श्रेष्ठ, बलराम सापकोटा र प्रकाश सुन्दास रहने निर्णय गरिएको छ।