नेपाली कांग्रेसले देशभर एकल आमसभा गर्ने

काठमाडौं । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई दक्षित गर्दै देशका विभिन्न स्थानमा आमसभा गर्ने जनाएको छ । 

कांग्रेसले सातै प्रदेशमा आमसभा गर्ने भएको हो । पाँच दलीय गठबन्धनको प्रमुख दल काँग्रेसले एकल आमसभा गर्ने तयारी गरेको हो । 

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार देशका विभिन्न सात स्थानमा आमसभा गरिने कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताउनुभयो । सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् ।

आमसभा हुने स्थान र मिति

मोरङ — २०७९ वैशाख २१ गते
धनुषा — २०७९ वैशाख २२ गते
काठमाडौं — २०७९ वैशाख २३ गते
कास्की — २०७९ वैशाख २४ गते
रुपन्देही — २०७९ वैशाख २५ गते
सुर्खेत — २०७९ वैशाख २६ गते
कैलाली — २०७९ वैशाख २७ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us