काठमाडौं। चीनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसरमा बेइजिङको तियानमेन स्क्वायरमा आयोजना गरेको भव्य सैन्य परेडले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सजग बनाएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ–उन र इरानी राष्ट्रपति मसउद पेजेश्कियन एकै मञ्चमा देखिँदा ट्रम्पले यसलाई ‘अमेरिकाविरुद्धको षड्यन्त्र’ भनेका छन्।
दोस्रो विश्वयुद्धको अन्त्य दिवसका अवसरमा चीनले बुधबार बिहान बेइजिङमा सैन्य परेडसहित भव्य समारोह आयोजना गरेको छ। परेडमा सी जिनपिङ, पुटिन, किम जोङ–उन र पेजेश्कियनको उपस्थिति रहेको थियो, जसले अमेरिका र यसको रणनीतिक साझेदारहरूको ध्यान खिचेको छ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्, “राष्ट्रपति सी र चीनका अद्भुत जनतालाई दीर्घकालीन खुशीको दिनको शुभकामना। कृपया अमेरिकाविरुद्ध षड्यन्त्र गर्दै गरेका पुटिन र किम जोङ–उनलाई पनि मेरो अभिवादन पु¥याइदिनुहोस्।” उनले यस अवसरमा अमेरिकाले चीनलाई दिएको सहयोग र त्यागको स्मरण हुने प्रश्न उठाएका छन्।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै पुटिन र सीसँग अलग-अलग छलफल गरेका थिए। तीन नेताको काँधमा काँध मिलाएर हिँड्ने दृश्यले अमेरिका र विश्वभर विश्लेषकहरूमा चर्चा पत्ता लगाएको छ।
विश्लेषकहरूका अनुसार, चीन, रूस, उत्तर कोरिया र इरानले केही हदसम्म अमेरिकाविरुद्ध एक प्रकारको ध्रुवीकरणको संकेत दिएका छन्। तर ट्रम्पले यसबारेमा चिन्ता नरहेको बताएका छन्।