नेपाल प्रहरीले चेतावनी दिएको छ: अत्यावश्यक अवस्थामा मात्र VPN प्रयोग गर्न सुझाव

काठमाडौं – हिजाेयता नेपाल सरकारले फेसबुक, इन्स्टाग्राम, युट्युब र एक्स (ट्विटर) जस्ता प्रमुख सामाजिक सञ्जाललाई बन्द गरेपछि सर्वसाधारणले वैकल्पिक उपायका रूपमा VPN (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्न थालेका छन्। तर, नेपाल प्रहरीले अन्धाधुन्ध VPN प्रयोग नगर्न चेतावनी दिएको छ।

प्रहरीका अनुसार, अविश्वसनीय वा अज्ञात VPN एप प्रयोग गर्दा व्यक्तिगत डाटा चोरी, भाइरस/मालवेयर प्रवेश, वित्तीय ठगी जस्ता जोखिम उच्च हुने भएकाले सतर्कता अपनाउनुपर्ने भएको छ। विशेष गरी, VPN प्रयोग गरेर मोबाइल वालेट, अनलाइन बैंकिङ, क्रेडिट/डेबिट कार्ड जस्ता वित्तीय गतिविधि गर्न नहुने प्रष्ट रूपमा भनिएको छ।

VPN कहिले प्रयोग गर्ने

सामाजिक सञ्जाल वा ब्लक गरिएका वेबपेज अत्यावश्यक रूपमा हेर्नुपर्ने अवस्थामा मात्र VPN प्रयोग गर्न सुझाव दिइएको छ।

सामान्य ब्राउजिङ वा व्यक्तिगत डाटासँग सम्बन्धित संवेदनशील कार्यका लागि VPN प्रयोग नगर्न आग्रह गरिएको छ।

सुरक्षित रूपमा प्रयोग गर्न सकिने VPNहरूको सूची

यदि तपाईंलाई सामाजिक सञ्जाल वा अन्य आवश्यक कार्यका लागि VPN प्रयोग गर्नैपर्ने भए, विज्ञहरूले निम्न विश्वसनीय र सुरक्षित VPN सेवाहरू प्रयोग गर्न सिफारिस गरेका छन्–

  1. ProtonVPN (Free Plan) – असीमित डेटा, बलियो प्राइभेसी, नो-लग पालिसी
  2. PrivadoVPN (Free Tier) – १० जीबी/महिना, सुरक्षित प्रोटोकल, ‘किल स्विच’ सुविधा
  3. Hide.me (Free Plan) – असीमित डेटा, विभिन्न प्रोटोकल, स्प्लिट टनेलिङ सुविधा
  4. Windscribe (Free) – १० जीबी/महिना, प्रयोगमैत्री, स्ट्रिमिङमा पनि उपयोगी
  5. TunnelBear (Free) – ५०० एमबी/महिना, सजिलो र नयाँ प्रयोगकर्तामैत्री

सावधानीका बुँदा

  • अपरिचित वा नेपालमै बनेको तर अज्ञात VPN एप प्रयोग नगर्नुहोस्।
  • VPN प्रयोग गर्दा ‘किल स्विच’ र सुरक्षित प्रोटोकल (जस्तै WireGuard, OpenVPN) अनिवार्य सक्रिय राख्नुहोस्।
  • VPN अनावश्यक रूपमा निरन्तर चलाएर नराख्न सल्लाह दिइएको छ।

VPN को प्रयोग गर्दा सतर्क रहनुहोस्। सामान्य इन्टरनेट प्रयोग वा संवेदनशील वित्तीय कारोबारका लागि VPN बाट टाढै रहनु सुरक्षित हुन्छ। तर, सामाजिक सञ्जाल वा ब्लक गरिएको सामग्री हेर्नैपर्ने अवस्थामा माथि उल्लेखित विश्वसनीय VPN सेवामध्ये एक प्रयोग गर्न सकिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *