रियल मड्रिडले जित्यो स्पेनिस ला लिगा फुटबलको उपाधि

एजेन्सी । गएराति भएको खेलमा स्पानियोललाई ४/० गोलले हराउँदै रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ।

घरेलु मैदानमा रियलका रोड्रिगोले दुई तथा मार्कुस एसेन्सियो र करिम बेन्जिमाले एक÷एक गोल गरेका थिए। जितसँगै रियलले ३४ खेलमा ८१ अंक जोडेको छ।

रियल दोस्रो स्थानको सेभियाभन्दा १७ अंकले अघि रहेको छ। ला लिगामा रियल ४ खेल बाँकी रहँदै उपाधि जित्न सफल भएकोे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us