काठमाडौं। देशमा बढ्दो असन्तोष र विरोधलाई शान्तिपूर्ण ढंगले सम्बोधन गर्नुपर्ने बेलामा हिंसा र आगजनीको मार्ग रोज्दा निर्दोष मानिसहरू पीडामा परिरहेका छन्। यसै क्रममा आज पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको निवासमा प्रदर्शनकारीहरूले आगजनी गर्दा उनकी पत्नी रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी छन्।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका छन्।
राजनीतिक असन्तोष प्रकट गर्ने अधिकार हरेक नागरिकलाई भए पनि निर्दोषलाई निशाना बनाउने प्रवृत्ति अत्यन्त निन्दनीय र अमानवीय हो।
हिंसाबाट निर्दोष र असम्बन्धित व्यक्तिहरू पीडामा पारिनु लोकतान्त्रिक अभ्यासलाई नै कमजोर पार्ने दुःखद घटना हो।