काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइारालाले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक आईजिपी नियुक्तिमा आपत्ति जनाउनुभएको । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आईजिपीमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो । उहाँ महानिरीक्षकको दाबेदारीमा तेस्रो वरीयतामा हुनुहुन्थ्यो ।
सरकारले वरीयतमा अगाडि रहेका विश्वराज पोखरेल र सहकुलबहादुर थापालाई पन्छ्याउँदै सिंहलाई आईजिपी नियुक्त गरिएको हो । उहाँले आईजिपीमा सिंहलाई नियुक्त गर्ने सरकारले निर्णय गरेलगत्तै सामाजिक सञ्जालमार्फत आपत्ति जनाउनुभएको हो ।