झलनाथ खनाल वर्न अस्पतालमा भेटिएनन्, पत्नी रविलक्ष्मी खतरामुक्त

काठमाडौं । जेनजी प्रदर्शनकारीबाट भएको आगजनीमा परी घाइते भएकी पुर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार बोल्न सक्ने अवस्थामा रहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताएका छन् । उनका अनुसार अहिले उपचार भइरहेको छ र स्वास्थ्यमा सुधार भईरहेको छ ।

मंगलबारको हिंसात्मक प्रदर्शनका क्रममा डल्लुस्थित झलनाथको घरमा पनि आगो लगाइएको थियो । त्यसबेला नेता झलनाथ घरबाहिर थिए भने घरमै रहेकी रविलक्ष्मी आगोमा जलेकी हुन् । अहिले उनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ । चिकित्सकले उनी ‘खतरामुक्त’ भनेको भट्टराईले बताए ।

खनाल अस्पतालमा नभएको तर सकुशल रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *