पूर्वप्रधानमन्त्री नेपालको नेतृत्वमा फास्टट्रयाकको वस्तुस्थितीबारे अनुगमन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल सहित सांसदहरुको टोलीले फास्ट ट्रयाकको अवलोकन गरेको छ । संसदीय विकास तथा प्रविधि समितिको संयोजनमा अध्यक्ष नेपाल सहित विकास समितिका सभापति कल्याण खड्का, सांसदहरु यज्ञराज सुनुवार, गणेश पहाडी र सेनाको टोलीसहितले अवलोकन गरेको हो ।

दुई दिने अवलोकनमा फास्ट ट्रयाकमा देखिएका समस्या, निर्माण सम्पन्न लाग्ने समयावधि र योजनाहरुबारे छलफल गरिएको थियो । अवलोकनपश्चात् अध्यक्ष नेपालले द्रुत मार्गको काम छिटो सम्पन्न गर्न निर्देशन दिनुभयो । ‘मैले पहिलेबाटै फास्ट ट्रयाक छिटो सक्नुपर्ने विषयमा जोड दिदैँ आएको छु, अबपनि रहेका केही समस्या समाधान गरी फास्ट ट्रयाक छिटो सञ्चालनमा ल्याउन पहल गर्नुपर्यो,’ अध्यक्ष नेपालले भन्नुभयो ।

उहाँले सुरुबाटै फास्ट ट्रयाक निर्माणमा देखिएको ढिलासुस्ती अन्त्य गर्न कडा निर्देशन दिदैँ आउनुभएको थियो । अवलोकन पछि सांसदहरुले पनि फास्ट ट्रयाक निर्माणको काम छिटो सक्नुपर्ने सुझाव पेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us