काठमाडौं । चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै नेपालले जनताले रोजेको स्वतन्त्र विकास मार्गको सम्मान गर्ने स्पष्ट गरेको छ।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमार्फत नेपालसँगको लामो ऐतिहासिक मित्रतालाई स्मरण गर्दै भने, “चीन नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्छ र नेपालसँग मिलेर सहकार्य अघि बढाउन इच्छुक छ।”
उनले पञ्चशीलका सिद्धान्तलाई प्रवर्द्धन गर्दै विभिन्न क्षेत्रमा आदानप्रदान तथा सहयोग विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। साथै, द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन चीन सदैव तयार रहेको प्रवक्ताले उल्लेख गरेका छन्।