काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाली नागरिकका लागि भ्रमण र प्रवेशाज्ञा (भिसा) प्रक्रियामा कडाइ गर्ने तयारी गरेको छ।
स्रोतका अनुसार पछिल्ला राजनीतिक अशान्ति र ‘जेन–जी’ आन्दोलनपछिको अवस्थालाई नजिकबाट नियाल्दै आएको यूएईले कमजोर र लगातार आन्दोलन हुने मुलुकका नागरिकलाई निगरानीमा राख्ने नीति अवलम्बन गर्दै आएको छ। हाल पाकिस्तान र बंगलादेशका नागरिकलाई करिब चार वर्षदेखि यूएई प्रवेशाज्ञा दिईएको छैन् ।
पुर्ण रूपमा भिसा रोक्ने निर्णय नभए पनि रोजगारीका अवसर कटौती हुने सम्भावना उच्च रहेको बताइएको छ। यूएईले वैकल्पिक श्रमिक बजारको खोजी गर्दै अन्य राष्ट्रलाई प्राथमिकता दिन सक्ने संकेत स्रोतले दिएको छ।
नेपालमा कार्यरत यूएईस्थित श्रमिक नेपालीमाथि समेत विशेष नजर राखिएको र आगामी निर्णयले उनीहरूको रोजगारीमा प्रत्यक्ष प्रभाव पर्न सक्ने सम्भावना देखिएको बताइएको छ। यूएई सरकारको औपचारिक घोषणा भने आउन बाँकी छ। औपचारिक प्रेस विज्ञप्ति केही दिनमा आउने अपेक्षा गरिएको छ।