नवनियुक्त आइजीपीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजीपी) ले दर्ज्यानी चिह्न लगाउनु भएको छ ।

सोमबार बिहान सिंहदरबारमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न लगाइदिनु भएको हो। आइतबार बसेको मन्त्रिपरिषद बैठकले सिंह र अर्याललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्रका महानिरीक्षक पुष्पराम केसीले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएसँगै सरकारले उनीहरूलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us