विगत १८ महिना देखि नेपाल– चीन आगमन प्रस्थान अनुमतिपत्र वितरण रोक

काठमाडौं। रसुवागढि अध्यागमन कार्यालय ले २०७७ मङ्सिर २७ गतेदेखि रसुवाबासीका लागि उपलब्ध गराउँदै आएको नेपाल– चीन आगमन प्रस्थान अनुमतिपत्र (चाईना प्रवेश पास) वितरण रोकेको छ ।

कोभिडका कारण रसुवागढि नाकावाट मानिसको आवतजावत रोकिएसंगै पास वितरण पनि रोकिएको हो । रसुवागढि अध्यागमन कार्यालय ले विगत१८ महिना देखि पास वितरण रोकेको छ । चीनसंग सिमा जोडिएको नेपालको सबै जिल्लाका बासिन्दाले नागरिकताको आधारमा चीनको पास पाउँदै आएका छन् ।

नाकाबाट मानिसको आवतजावत रोकिएका कारण पास वितरण पनि बन्द गरिएको हो । नाका पूर्णरूपमा सञ्चालनमा आएपछि पुनः पास सञ्चालनमा ल्याइने बताइएको छ । रोजगारीका लागि प्रचुर सम्भावना बोकेको केरूङ जान रसुवाका झन्डै १२ हजारले चाइना प्रवेश पास पाउँदै आएका थिए । त्यसयता जिल्लाका १२ हजार एक सय ४३ जनाले पास लिएको अध्यागमन कार्यालयमा तथ्यांक रहेको छ ।

कम खर्चमा धेरै आम्दानी हुने आवत जावत गर्न सहज र राहदानी वनाउनुपर्ने झन्झट नहुने भएपछि २०७२ पछि केरूङ जानेको सख्या वढेको थियो । केरूङमा झन्डै एक हजार नेपाली कोरोना महामारी सुरू हुनुभन्दा अगाडि कार्यरत थिए । त्यहाँ रहेका नेपालीमध्ये धेरै जसो होटल, ट्रान्सपोर्ट र ब्लक निर्माण लगायतका क्षेत्रमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us