काठमाडौं । काठमाडौं । न्याय सेवा आयोगले रिक्त २१ जिल्लाका लागि न्यायाधीश माग गरेको छ । आयोगले आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा न्यायाधीश पदपूर्ति गर्न सूचना जारी गरेको हो ।
विज्ञापन खुलाएको ३० दिनभित्र दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ । आयोगले आन्तरिक खुला ११, खुला ६, महिला १, आदिवासी÷जनजाति २ र मधेसी १ जनाको कोटा खुलाएको छ ।
दरखास्तका लागि आन्तरिक खुला र खुलाका लागि दुई हजार र थप समावेशीका लागि पाँच सय रुपैयाँ दस्तुर अलग्गै लाग्ने छ ।
नेपालको संविधानको धारा १४९ उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम योग्यता पुगेका उम्मेदवारहरूले दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।