शाहरुख खानले अमेरिकामा विश्वस्तरको क्रिकेट रंगशाला बनाउने

काठमाडौं। बलिउड अभिनेता शाहरुख खान फिल्मसँगै विभिन्न खेलकुदमा पनि रुचि राख्छन्। विश्वकै चर्चित र महँगो क्रिकेट लिग आईपीएलमा केकेआर उनको टीम हो।
अब शाहरुखले अमेरिकामा पनि क्रिकेट फैल्याउने भएका छन्। उनले अमेरिकाको लस एन्जिलसमा विश्वस्तरको क्रिकेट रंगशाला बनाउने भएका हुन्।

१५ एकड क्षेत्रफलमा निर्माण हुने रंगशाला १० हजार दर्शक क्षमताको हुनेछ। आईपीएल टीम केकेआरले आफ्नो ट्वीटर ह्याण्डलमार्फत अमेरिकामा क्रिकेटको प्रभाव फैल्याउन रंगशालाको भूमिका महत्त्वपूर्ण हुने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us