काठमाडौं। कञ्चनपुरको बेदकोट नगरपालिका–३ चोरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–१० का अन्दाजी ५५ वर्षीय केशवराज अवस्थी रहेका छन् ।
बेदकोट तालबाट दैजीतर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०२–००३–प ४६५३ नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ५ बजे अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।