काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैं टीका ग्रहणको उत्तम साइत नेपालसहित विभिन्न देशका लागि सार्वजनिक गरेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पहिले नै नेपालमा असोज १६ गते (अक्टोबर २) बिहान ११:५३ बजे टीकाको शुभसाइत तय गरिसकेको छ।
समितिका अनुसार भारतमा अक्टोबर २ का दिन ११:४९ बजे उत्तम साइत रहनेछ। अमेरिकामा अक्टोबर १ का दिन न्युयोर्कमा ११:२५, फ्र्यांकफर्ट (केन्टुकी)मा ११:५७, टेक्सासमा ११:३३ र क्यालिफोर्नियामा ११:११ बजे टीका लगाउन सर्वोत्तम समय मानिएको छ। क्यानडामा अक्टोबर १ मा टोरन्टोमा ११:५५ र भान्कुभरमा ११:३३ बजे शुभमुहूर्त रहनेछ भने अष्ट्रेलियाको सिड्नीमा अक्टोबर २ का दिन बिहान ११:४३ बजे टीका लगाउन उत्तम समय रहने जनाइएको छ।
यस वर्षको दशैं असोज ६ गते घटस्थापनासँग सुरू भई असोज १३ गते सोमबार फूलपाती मनाइनेछ। समितिले प्रदान गरेको यो समयसारणीअनुसार देश–विदेशमा रहेका नेपालीले आफ्ना परिवारसँग टीका ग्रहण गर्ने परम्परा समयमै पूरा गर्न सक्नेछन्।