नवीन श्रीवास्तव लाई नेपालका लागि भारतीय राजदूत नियूक्ति गर्ने तयारी

काठमाडौं। भारतको परराष्ट्र मन्त्रालयको अनुसार भारतको नयाँ विदेश सचिवमा वरिष्ठ कूटनीतिज्ञ विनय मोहन क्वात्राले पदभार ग्रहण गर्नुभएको छ । सन् १९९८ ब्याचका भारतीय विदेश सेवा अधिकृत क्वात्राले शनिबार अवकाश पाएका हर्षवर्धन श्रृङ्लाको ठाउँमा कार्यभार सम्हाल्नु भएको छ । क्वात्रा यसअघि नेपालका लागि भारतीय राजदूत हुनुहुन्थ्यो ।

यसबारेमा ट्वीटरमा जानकारी दिँदै विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले लेख्नु भएको छ, ‘विनय क्वात्राले आइतबार बिहान परराष्ट्र सचिवको पदभार ग्रहण गरेका छन्, परराष्ट्र मन्त्रालयले परराष्ट्र सचिव क्वात्रालाई सफल कार्यकालको शुभकामना दिएको छ ।’

क्वात्रालाई भारतका छिमेकी देशहरूबाहेक अमेरिका, चीन र युरोपसँगको सम्बन्धमा विशेषज्ञ मानिन्छ। हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार अब क्वात्राको स्थानमा नवीन श्रीवास्तव नेपालका लागि भारतीय राजदूत हुनुहुनेछ ।

नवीन श्रीवास्तव हाल विदेश मन्त्रालयमा अतिरिक्त सचिवको रूपमा पूर्वी एशिया डेस्क सम्हालिरहनु भएको छ। वहाँलाई चीनसँगको सम्बन्धमा विज्ञ मानिन्छ । वहाँ मे २०२० मा पूर्वी लद्दाखको स्थितिलाई शान्त पार्न भारत÷चीन सैन्य कमाण्डरहरूको बैठकमा सहभागी हुनुहुन्थ्यो।

यसै क्रममा क्वात्रा सन् २०२० मा नेपालमा तैनाथ हुनुअघि सन् २०१७ अगस्टदेखि २०२० सम्म फ्रान्सका लागि भारतीय राजदूत हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us