नख्खु कारागारबाट फरार कैदीले गरे घरमै पत्नीको हत्या

काभ्रेपलाञ्चोक । गत भदौ २४ गते ललितपुरको नख्खु कारागार तोडफोड गरी भागेका एक कैदीले आफ्नै पत्नीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका–१२, गागल निवासी ३५ वर्षीय सन्तबहादुर तामाङले आइतबार ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङको घरमै हत्या गरेको वडा अध्यक्ष जयराम केसीले पुष्टि गरेका छन्।

सन्तबहादुर जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका थिए। जेन–जी आन्दोलनको अव्यवस्थाबीच अन्य ७ सय कैदीसँगै उनी पनि नख्खु कारागारबाट फरार भएका थिए।

घटना भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थल पुगेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार थप विवरण संकलन भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *