नवनियुक्त कृषि मन्त्री डा. परियारको ‘फरक काम’ गर्ने घोषणा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्व सम्हाल्दै डा. मदनप्रसाद परियारले नेपाललाई आधुनिक र अनुसन्धानमुखी कृषितर्फ उन्मुख गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री परियारले नेपाल–कोरिया आलु र धान अनुसन्धान सम्झौताअनुसार समन्वय समिति गठन गर्ने प्रस्ताव अनुमोदन गरेका छन्। मन्त्रालयका सचिवको नेतृत्वमा बन्ने उक्त समितिले दुवै देशबीचको सहकार्यलाई कार्यान्वयनमा ल्याउने छ।

सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा मन्त्री परियारले “कृषि क्षेत्रमा अब फरक परिणाम देखिनेछ” भन्ने आत्मविश्वास व्यक्त गर्दै आगामी निर्वाचनलाई प्राथमिकतामा राखेर शासकीय सुधार र बेथिति नियन्त्रणमा सरकार कठोरतापूर्वक लाग्ने बताए।

उनले वर्तमान सरकारलाई प्राप्त ‘शासकीय सुधार, बेथितिको अन्त्य र निर्वाचन सम्पन्न गर्ने’ जनमतलाई सफलतापूर्वक कार्यान्वयन गर्न आफ्नो तर्फबाट पूर्ण योगदान रहने आश्वासन पनि दिए।

सरकारको यो पहलले नेपाललाई वैज्ञानिक अनुसन्धानमा आधारित आधुनिक कृषितर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *