निर्वाचन आचारसंहिता विपरित अभिव्यक्ति दिएको आरोपमा निर्वाचन आयोगले केशव स्थापितलाई सोध्यो स्पष्टीकरण

काठमाडौं। निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको नेकपा एमालेका मेयर पदका उम्मेदबार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ।

आयोगले निर्वाचन आचारसंहिता विपरित अभिव्यक्ति दिएको र सार्वजनिक स्थलमा महिलाप्रति अभद्र टिप्पणी गरेको आरोपमा उनलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको हो। आयोगले वैशाख १५ गते काठमाडौंको नेशनल कलेजमा भएको एक कार्यक्रममा आफूमाथि लागेको मिटुको प्रश्न सोधेकोमा निर्वाचन आचारसंहिता उल्लंन हुने जवाफ दिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।

आयोग स्रोतका अनुसार आयोगले उक्त कार्यक्रममा प्रश्नकर्ता भावना राउतलाई युआर नाइस लेडी तर थुतुनो भएन भनी गरेको टिप्पणी गलत र निर्वाचन भावना विपरित भएको आयोगको ठहर छ। आयोगले तपाईले यो अभिव्यक्ति किन दिनु भएको हो र दिएको हो कि हैन हो भने किन कारबाही नगर्ने भनी प्रश्न सोधेको एक आयुक्तले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us