काठमाडौं । आगामी वैशाख २० का लागि तोकिएको स्थानीय निवार्चनमा अर्घाखाँची जिल्लामा ५ दलीय गठबन्धन कायमै रहने भएको छ । आज सन्धिखर्कको नेपाली कांग्रेस पार्टी कार्यालयमा बसेको जिल्लाका शीर्षस्थ नेताहरुको बैठकले ५ दलीय गठबन्धन गरेरै तीनै तहको चुनावमा लड्ने निर्णय गरेको हो ।
केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेर प्रतिगामी कदम चालेको निष्कर्ष सहित गठबन्धनबाटै चुनावमा जाने तयारी भएको हो । चुनावमा ५ दलीय गठबन्धनलाई निरन्तरता दिने वा नदिनेमा केन्द्रीय नेताहरुबीच मतभेद देखिएपनि जिल्लाका नेताहरुले भने एक भएर जाने निर्णय गरेका हुन् ।