चीनले ‘के भिसा’ मार्फत दक्ष कामदारलाई आमन्त्रण गर्दै

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच-१बी भिसाको शुल्क बढाएर एक लाख डलर पुर्‍याएपछि विश्वभरका दक्ष कामदारहरू प्रभावित भएका छन्। यस्तो अवस्थामा चीनले नयाँ अवसर देख्दै ‘के भिसा’ सुरु गर्ने घोषणा गरेको छ। यो भिसा १ अक्टोबर २०२५ देखि लागू हुनेछ।

चीनको ‘के भिसा’ अन्य १२ भिसा श्रेणीभन्दा धेरै लचिलो छ। यसले लामो समयसम्म बस्न अनुमति दिने, बारम्बार प्रवेशको सुविधा दिने र बसाइमा सहजता प्रदान गर्नेछ। हाल आर र जेड भिसाले क्रमशः १८० दिनदेखि एक वर्षसम्म बस्न मात्र अनुमति दिन्छ। तर ‘के भिसा’ले युवा पेशेवर, अनुसन्धानकर्ता र उद्यमीलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (एसटीइएम) क्षेत्रमा लामो समयसम्म काम गर्न अनुमति दिनेछ।

चीनको न्याय मन्त्रालयका अनुसार यो भिसा प्रतिष्ठित विश्वविद्यालय वा अनुसन्धान संस्थानबाट एसटीइएम डिग्री प्राप्त गरेका युवा वैज्ञानिक र प्राविधिकलाई दिइनेछ। आवेदनकर्ताले आवश्यक योग्यता र कागजात पेश गर्नुपर्छ। भिसा पाउन स्थानीय कम्पनीको प्रायोजन (स्पोन्सर) आवश्यक नपर्ने भएकाले प्रक्रिया अझ सरल हुनेछ।

‘के भिसा’का धारकले शिक्षा, संस्कृति, विज्ञान, प्रविधि र उद्यमशीलतामा संलग्न हुन सक्नेछन्। चीनले यसमार्फत अमेरिकाको एच-१बी भिसासँग प्रतिस्पर्धा गर्दै विश्वभरका दक्ष पेशेवरलाई आकर्षित गर्ने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *