जिम्बावे ‘ए’ र नेपाली राष्ट्रिय क्रिकेट टिमबीच आज दोस्रो टी–२० खेल हुँदै

काठमाडौं। नेपाल भ्रमण रहेको जिम्बावे ‘ए’ र नेपाली राष्ट्रिय क्रिकेट टिमबीच आज दोस्रो टी–२० खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँस १ बजे सुरू हुने खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।

नेपालले टस जितेर पहिले बलिङ रोजेको हो।यसअघि आइतबार भएको पहिलो टी–२० खेलमा जिम्बावे विजयी भएको थियो। जिम्बावेले नेपालमाथि ६ विकेटको सहज जित हात पारेको थियो।

नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न अमेरिका जानुअघि जिम्बावेको ए टिमसँग तयारीस्वरुप खेल्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us