काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकमा आवागमन पूर्ण ठप्प छ । मंगलबार दिउँसो ४ः ५० बजेतिर तुइन खोलामा गएको ठूलो पहिरोका कारण आवागमन पूर्ण रूपमा बन्द भएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउन आज दिनभर लाग्ने जनाएको छ । यसबीचमा थप पहिरो आएमा भने समस्या हुनेछ । सडक डिभिजनले सूचना जारी गरेर पहिरो पन्छाउन दिनभर लाग्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।
यस सम्बन्धमा आवश्यक सूचना तथा जानकारीका लागि जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी री रविन्द्र खनाल (९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङ (९८५५०९२२००) र सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्य (९८५५०९२२१८)लाई सम्पर्क गर्न भनिएको छ ।
गत शुक्रबार दिउँसोदेखि चितनवको इच्छाकामना गाउँपालिका–५ तुइनखोला क्षेत्रमा पहिरो खसिरहेको छ । चाडपर्वको मुखमा पहिरोले बाटो अवरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् ।