नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा झर्‍यो । सार्वजनिक बिदापछि खुलेको सेयर कारोबारमा पहिलो दिन उच्च अंकले गिरावट आएको छ । नेप्से कारोबार सुरुवातको समयदेखि नै घट्न थालेको थियो । कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्सेमा पहिरो गएको हो ।

यसदिन पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतले पोजेटिभ सर्किट लाग्यो भने नेसनल फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतले नेगेटिभ सर्किट लाग्यो । २२८ कम्पनीको कारोबार हुँदा १८७ कम्पनीका सेयरधनीले गुमाए । सात कम्पनीको सेयर मूल्य बढ्यो भने प्रुडेन्सियल इन्स्योसेन्सको सेयर मूल्य भने स्थिर रह्यो । सोमबार ३९ लाख ७८ हजार कित्ता सेयर एक अर्ब ४२ करोड ३४ लाख रुपैयाँमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us