जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

गोरखा । गोरखामा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

चितवनबाट जन्ती लिएर आएको जीप सोमवार साँझ फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरूबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिनुभयो । 

बा१४च ७८१ नम्बरको जीप आरूबोटेको फिरफिरे भिरबाट झन्डै दुई सय मिटर तल खसेको उहाँले बताउनुभयो ।  एसपी खनालका अनुसार दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान हुन सकेको छैन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us