विश्व बैंकको चेतावनी: नेपालमा लगानी घट्दै, आर्थिक वृद्धि २.१ प्रतिशतमा सीमित

काठमाडौं। लगातारको राजनीतिक अस्थिरता, आन्दोलन र लगानीमा देखिएको अनिश्चितताका कारण सन् २०२५–२६ मा नेपालको आर्थिक वृद्धिदर घट्दै २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकले चेतावनी दिएको छ।
मंगलबार सार्वजनिक गरिएको एसिया डेभलपमेन्ट अपडेटमार्फत विश्व बैंकले नेपालमा भर्खरै भएका आन्दोलन र त्यसले सार्वजनिक तथा निजी क्षेत्रका पूर्वाधारमा पुर्‍याएको क्षतिले समग्र आर्थिक गतिमा ठुलो असर पारेको उल्लेख गरेको छ।

विश्व बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष ०८१–८२ मा जलविद्युत, औद्योगिक उत्पादन र कृषि क्षेत्रमा सुधार देखिए पनि चालु आर्थिक वर्षमा ती क्षेत्रहरू पुनः सुस्त हुने देखिएको छ। राजनीतिक उथलपुथल र ढिलो वर्षाले धान उत्पादनमा असर पार्ने, साथै विदेशी पर्यटक आगमन र बिमा क्षेत्र पनि प्रभावित हुने अनुमान गरिएको छ।

रिपोर्टमा लगानीकर्ताको मनोबल कमजोर बनेको र निजी लगानीमा हिचकिचाहट बढेको चेतावनी दिइएको छ। यसले दीर्घकालीन आर्थिक पुनरुत्थानमा बाधा पुर्‍याउने विश्व बैंकको आकलन छ।

क्षेत्रीय दृष्टिले तुलना गर्दा, विश्व बैंकले यही अवधिमा बंगलादेशको ४.८, भुटानको ७.३, भारतको ६.५, मालदिभ्सको ३.९ र श्रीलंकाको ३.५ प्रतिशत आर्थिक वृद्धिको पूर्वानुमान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *