काठमाडौं । सरकारले इलाम जिल्लालाई तीन महिना अवधिका लागि विपद संकटग्रस्त घोषणा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले इलामलाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए।
गत असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाले इलाम सबैभन्दा बढी प्रभावित भएको थियो। त्यहाँ ३७ जनाको मृत्यु भएको थियो। एक जना बेपत्ता छन्। इलाममा ४२ वर्षकै अधिक वर्षा भएको थियो।
