जाजरकोटको भेरी नगरपालिकामा समाजवादीको चुनावी घोषणापत्र : शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकास साथै एम्बुलेन्स र शववाहन सेवा निःशुल्क

काठमाडौं। जाजरकोटको भेरी नगरपालिका एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार कमान बहादुर खड्काले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्नु भएको छ । आफू पदमा पुगेपछि बेइमानी गरे मतदातासँग फेरी भोट माग्न नआउने प्रतिबद्धता प्रमुख प्राथमिकतामा राख्नु भएको छ । कृषि क्षेत्रको विकास, रोजगारी, सुशासन र भौतिक पूर्वाधारका एजेण्डा पनि उनका प्राथमिकताका विषयमा उल्लेख छन् ।

वहाँले भने, ‘आपत्कालीन सेवाको लागि नगर क्षेत्रभित्रको एम्बुलेन्स र शववाहन सेवा पूर्ण रूपमा निःशुल्क गर्ने, ज्येष्ठ नागरिक तथा अशक्त अपाङ्गता भएका व्यक्तिहरूको घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने, स्याउली बजारमा नगर अस्पताल सञ्चालनमा ल्याउने, वडा स्तरीय स्वास्थ्य चौकीहरूको भौतिक व्यवस्थापन सँगै दक्ष जनशक्ति र आवश्यक उपकरणहरूको व्यवस्था गर्ने, जिल्ला अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवाको लागि आवश्यक व्यवस्था गर्ने हाम्रो प्रयास रहनेछ ।’ खड्काले नगरभित्रका जेहेन्दार, विपन्न तथा असहाय विद्यार्थीलाई उच्च शिक्षा पढाउने पनि दाबी गर्नु भएको छ, भने नगर क्षेत्र भित्रका सडकहरूलाई बाह्रै महिना चल्ने गरी स्तरोन्नती गर्ने पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us