काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरिचित व्यक्तिले फोन सम्पर्क गरी बम राखेको बताएपछि हंगामा मच्चिएको छ । विमानस्थलको नम्बरमा ती व्यक्तिले फोन गरेर आन्तरिक टर्मिनलमा बम राखेको बताएपछि मच्चिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालका अनुसार अहिले आन्तरिक ट्रमिनलतर्फको भवनलाई खालि गरेर खानतलासी गर्ने कार्य भइरहेको छ ।
एसएसपी ढकालका अनुसार त्यहाँ अहिले सेनाको बम डिस्पोजल टोलीसहित तीनवटै सुरक्षा निकाय परिचालित भएका छन् । तर शंकास्पद वस्तु के हो भन्ने यकिन विवरण भने प्राप्त भएको छैन । शंकास्पद वस्तु बारे सूचना बाहिरिएपछि आन्तरिक टर्मिनलतर्फ यात्रुहरु अलमल्लमा छन् । उनीहरुले आफ्ना लगेजहरु लिन पाएका छैनन् ।