कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिरहेको छ।

पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो। पछिल्लो २४ घण्टामा भारतमा थप ३ हजार २०५ जनामा संक्रमण देखिएको छ। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ५०९ पुगेको छ।

नेपालमा मंगलवार ३२ जनामा संक्रमण देखिएको थियो। स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढीरहेकोले तयारी अवस्थामा रहन केहीदिन अघि नै परिपत्र गरेको थियो। मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयले सबैलाई खोपको डोज पूरा गर्न पनि आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us