बञ्चरेडाँडामा अवरोध, महानगरको अपिल: ‘फोहर घरमै राख्नुस्’

काठमाडौँ । उपत्यकामा फोहर संकट पुनः बल्झिएको छ । बञ्चरेडाँडा फोहरमैला व्यवस्थापनस्थलमा स्थानीयको अवरोधपछि काठमाडौँ महानगरपालिकाले फोहर घरमै राख्न अपिल गरेको छ ।

महानगरको वातावरण व्यवस्थापन विभागले आज सूचना जारी गर्दै स्थानीयले फोहर बिसर्जनमा अवरोध गरेकाले अर्को सूचना नआएसम्म घर र कम्पाउन्डभित्र सुरक्षित तवरले फोहर राख्न आग्रह गरेको हो ।

महानगरले सडक र सार्वजनिक स्थलमा फोहर नफाल्न सर्वसाधारणसँग अनुरोध गर्दै वातावरणीय प्रदूषण रोक्न सहकार्य गर्न आह्वान गरेको छ ।

बञ्चरेडाँडाका स्थानीयले लामो समयदेखि उठाउँदै आएका माग पूरा नभएको भन्दै आज फोहर बोकेका गाडी बीच बाटोमै रोकिदिएका छन् । त्यसपछि उपत्यकामा फोहर संकलन ठप्प भएको छ ।

स्थानीयले पूर्वमा भएका सहमति कार्यान्वयन नगरेसम्म फोहर फाल्न नदिने चेतावनी दिएका छन् । उनीहरूले “मन्त्री र मेयर बालेन साह स्वयं आइ वार्ता गर्नुपर्छ” भन्ने अडान समेत लिएका छन् ।

यससँगै, उपत्यकामा फेरि एकपटक फोहर संकट चर्किने संकेत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *