भारतीय पर्यटक बोकेको गाडी र जिप ठोक्किदा पाँच जनाको मृत्यु

काठमाडौं। भारतीय पर्यटक बोकेको गाडी र जिप ठक्कर खाँदा काभ्रेमा पाँच जनाको मृत्यु भएको छ।

भारतीय यात्रु बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं आइरहेको यात्रुबहाक जिप आज मध्यान्ह १२ः१५ बजे काभ्रेको रोशी गाउँपालिका बढुवेशीमा दुर्घटनामा परेको थियो। प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ।

युपी ५८ टी ८१८१ नम्बरको गाडी र ना १ ज ४२१० नम्बरको जिप ठक्कर खाएको थियो। दुर्घटनामा तीन यात्रुको अवस्था गम्भीर छ। ‘घाइतेलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएका छौं,’ उनले भने। मृत्यु हुनेहरूको पहिचान खुलेको छैन। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *