काठमाडौं । नेकपा एकीकृत समाजवादीले कागेश्वरी मनोहरा नगपालिका वडा नं ५ को घरदैलो कार्यक्रम उत्साहपूर्ण तरिकाले सम्पन्न गरेको छ । स्थानीय तहको विकास र योजना सहित जनताको घरदैलोमा पुगेर प्रचारप्रसार अभियान गरेको हो ।

नेकपा एकीकृत समाजवादीको वडा नं ५ बाट वडाध्यक्षको उम्मेद्वारमा राम प्रसाद पुडासैनी हुनुहुन्छ भने खुला वडासदस्यमा अरुण पौडेल, रामेश्वर घिमिरे हुनुहुन्छ । त्यसैगरी महिला सदस्यमा जानुका पौडेले र दलित महिला सदस्यमा इन्जु कोईराला हुनुहुन्छ ।

आफूहरुले जिते जनता र समाजका लागि केही गर्ने दाबी सहित सम्पूर्ण टिम प्रचारमा लागि परेको छ । आगामी चुनावसम्म घरदैलो कार्यक्रम जारी रहने उम्मेद्वारहरुले जनाएका छन् ।