गोरखा । पालुङटार नगरपालिकामा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने भएको छ । केन्द्रबाट जनता समाजवादी पार्टी९जसपा० र कांग्रेसबीच तालमेल गर्ने सहमति भए पनि स्थानीय स्तरमा सहमति जुट्न नसकेको हो ।
जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र कांग्रेस सभापति शेरबहादुर देउवाबीच नगरपालिकामा तालमेल गर्ने सहमति भएको थियो ।
शीर्ष नेताको सहमतिअनुसार पालुङटारको मेयरमा जसपाका उमेदवार प्रेम गुरुङलाई कांग्रेसले सघाउने गरी तालमेलका प्रयास भएको थियो । तर केन्द्रमा भएको सहमति जिल्ला स्तरमा भने कार्यान्वयन नहुने अवस्था उत्पन्न भएको हो । कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पालुङटार नगरपालिकामा कांग्रेस एकल रूपमा निर्वाचनमा जाने बताएका हुन् ।
दुवै दलका नेता कार्यकर्ताले एकल रूपमा नै निर्वाचनमा जाने राय दिएकाले दुवै दल एक्लाएक्लै निर्वाचनमा जाने सभापति न्यौपानेले बताए । मेयर, उपमेरलगायतका सबै वडाका उमेदवारलाई निर्वाचन प्रचारमा जुट्न पनि न्यौपानले आग्रह गरेका छन् ।
वडा तहसम्म तालमलेल गरी संयुक्त प्यानल बनाएर निर्वाचनमा जाने विषयमा छलफल भए पनि सहमति जुट्न नसकेको हो । केन्द्रमा दुई दलबीच तालमेलको सहमति भएसँगै कांग्रेस उम्मेदवार दीपकबाबु कँडेललाई उमेदवारी निष्क्रिय बनाउन दबाब बढेको थियो ।