वामदेव गौतमको प्रस्ताव: ‘दलित भन्नेलाई आजीवन कारावासको व्यवस्था गर्नुपर्छ’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले दलित भन्नेहरूलाई आजीवन काराबास हुने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले सो प्रस्ताव गरेका हुन् ।

संविधानमा नै दलित शब्द राख्ने पापकर्म भएको जिकिर गर्दै नेता गौतमले सो समुदायलाई होच्याउनेको सम्पत्ति जफत गरेर उनीहरूलाई क्षतिपूर्ति हुने गरी कानुनी व्यवस्था गर्न माग गरेका हुन् । संवैधानिक रूपमा नै दलित भन्नु अत्याचार, अमानवीय र पापकर्म हुने भन्दै नेता गौतमले त्यस्तो हुन नदिने गरी अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘दलित भन्नु यो अत्याचार हो, यो अमानवीयता हो । त्यसलाई हामीले कानुनी मान्यता, संवैधानिक मान्यता दिएका छौ । यो संशोधन गर्नुपर्छ र, एउटा कानुन यस्तो बनाउनु पर्छ, जहाँ थोरै मात्र पनि कसैले भन्यो, केही व्यवहार गर्‍यो भने त्यसलाई आजीवन काराबास बस्ने व्यवस्था गर्नुपर्दछ । उसको परिवारभित्र हिस्सा लगाएर उसको सम्पत्ति जफत गरेर जसलाई त्यस्तो गरिएको हो, त्यसलाई त्यो सम्पत्ति क्षतिपूर्तिको रूपमा दिनुपर्छ । त्यसरी क्षतिपूर्ति कायम हुन्छ । ल त्यसो गरौँ त एक पटक । सक्नु हुन्छ ? सकिँदैन भने यस्तो छलफल नगरौँ । यो अपराधपूर्ण, पापपूर्ण काम हो । आफ्नो देशको एउटा जनतालाई दलित भनेर मान्यता दिइरहने काम गर्न हुन्न ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *