नेपाली कम्युनिष्ट पार्टी र जसपाबीचको एकता अन्तिम चरणमा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी(जसपा)बीच एकताको प्रकृया अन्तिम चरणमा पुगेको छ।

बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको वार्तापछि नेता प्रकाश ज्वालाले सञ्चारकर्मीहरुसँगको कुराकानीमा सहमति पत्रको ड्राफ्ट तयार गरेर छलफल समेत भइसकेको भन्दै भोली(शुक्रबार)त्यसलाई अन्तिम रुप दिने जानकारी दिए।

उनले भने,‘सहमति पत्रको ड्राफ्ट तयार गर्यौं। त्यसमा छलफल पनि गर्यौं र त्यसको अन्तिम रुप भोली दिनेछौं। सहमति पत्रमा समेत छलफल गरेर अन्तिम रुप दिनेसम्म पुग्नु भनेको लगभग एकताको प्रकृया निष्कर्षतिर पुग्ने स्थिति बनेको छ।’

उनले छलफमा आएको सुझावको आधारमा भोली निर्णय हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *