प्रहरीको मनोबल बढाउन राशन भत्ता बढाउने तयारी

काठमाडौं । नेपाल प्रहरीको मनोबल बढाउन राशन भत्ता बढाउने तयारी थालिएको छ । प्रहरी महानीरिक्षक दानबहादुर कार्कीले गृहमन्त्रालयमा यसको प्रस्ताव गरिसकेका छन् ।

भत्ता पुनरावलोकन सम्बन्धि प्रस्ताव प्रहरीबाट पुगिसकेकाले त्यसको बारेमा छलफल भैरहेको मन्त्रालय स्रोतले जनाएको छ । नेपाल प्रहरीले सशस्त्र प्रहरीले भन्दा ४ प्रकारका रासन कम पाउने गरेको छ ।

जसकारण प्रहरीको भत्ता कम हुने गरेको छ । जुन विभेद हटाउन हालका गृहमन्त्री ओमप्रकाश अर्यालले सहमति दिइसकेका छन् । सुरक्षा निकायलाई रासनमा विभेद हुँदै आएको छ ।

काठमाडौं उपत्यकामा कार्यरत प्रहरीले दिनको करिब दुई सय रासनभत्ता पाउने गरेका छन् । दुई पटकको खाना र एक पटकको खाजाका लागि त्यो रकम दिने गरिएको छ । प्रहरीको रासनभत्ता २०७८ सालदेखि बढ्न सकेको थिएन । त्यतीबेला पनि जम्मा १५ प्रतिशत बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *