काठमाडौं । नेपालले जिम्बावे ए माथि ८ विकेटको सानदार जित निकालेको छ। टियु मैदानमा बुधवार भएको खेलमा १ सय ३७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १५ ओभर ५ बलमा मात्र २ विकेट गुमाउँदै पुरा गरेको हो ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ८७ रन बनाए। ३४ बलमा ८ चौकासहित अर्धसतक पुरा गरेका उनले ५४ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै नटआउट रहे।
पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ९।३ ओभरमा ८८ रनको साझेदारी गरेका थिए।
कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा बोल्ड भए। त्यसपछि क्रिजमा आएका बसिर अहमदले १५ बलमा १० रन बनाए। त्यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनायो।